आज उच्च पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ -  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार दिउँसो पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको हो।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोछ। 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

आज बिहान पहाडी भूभागमा आंशिक बदली लागेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×