ललितपुर । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ ।
नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
‘६० वर्ष भन्दा माथिकालाई थप मात्रा खोप (बुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकार वाट भेरोेशेल खोप उपलब्ध नभएका कारण वुस्टर डोजको रुपमा भेरोसिल खोप लगाउने कार्यकम स्थगित गराई कोभिशिल्ड खोप मात्र लगाईने महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ ।