काठमाडौँ - कतारमा जारी विश्वकप फुटबल अब दर्शकले फिल्म हलको पर्दामा पनि हेर्न पाउने भएका छन्। शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन्।
एफक्युव सिनेमाजले विश्वकप फुटबल हलमा देखाउन लागेको हो। काठमाडौँ उपत्यकाका ठूला मल्टिप्लेक्सल फुटबल देखाउनेछ। जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ। कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउनेछ।
ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ।