अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं - कैलालीको टिकापुर नगरपालिका–१ बनगाऊस्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय महादेव आले मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट एमफेटामाईन (आईस) जस्तो देखिने ३७ ग्राम ५० मिलिग्राम लागूऔषधसहित गोरखा शहिद लखन गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा बहादुर नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कस्कीबाट खटिएको प्रहरीले प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक नेपाली समेत उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पर्साको पर्सागढी नगरपालिका–१ स्थितबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ४ केजी ६ सय ८३ ग्रामसहित पटेर्वा सुगौली गाउँपालिका–४ देउरिया बस्ने ४० वर्षीय बृज किशोर थारुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वाबाट खटिएको प्रहरीले ना.१ ह ८० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  लागूऔषधसहित पक्राउ व्यक्तिहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×