आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

एजेन्सी । डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ ।

बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९० औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×