फरार रहेका पल शाहको अन्तिम लोकेसन बालकुमारी

काठमाडौँ। प्रहरीले फरार रहेका अभिनेता पल शाहको खोजी तीव्र रूपमा गरिरहेको छ। तर, उनी अहिलेसम्म फेला परेका छैनन्। तनहुँमा एक नाबालिग किशोरीले गत बुधबार उनीविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

जाहेरी पाउनासाथ प्रहरीले बुधबार दिउँसोबाट नै पलको खोजी सुरु गरेको थियो।

बुधबार साँझ कीर्तिपुरमा उनको चलचित्रको प्रिमियर कार्यक्रममा पनि देखिएनन्। उनी त्यहाँ आउने योजना रहेता पनि उजुरी परेपछि उनी त्यहाँ गएनन्।प्रहरीले उनलाई त्यहिँबाट समाउने योजना बनाएको थियो। तर, उनी कार्यक्रममा नगएपछी प्रहरी खाली हात फर्किनु पर्यो।

यसैबिच बिहीबारबाट देशभरका प्रहरीसमक्ष पल शाहलाई समाउन सर्कुलर पनि जारी भएको छ। प्रहरीले उनको घरमा, उनका साथीहरुको घर लगायतका शंकास्पद स्थानमा उनको खोजि गरिसकेको छ। तर, उनी फेला परेका छैनन्। 

उनको मोबाइल पनि अफ छ। खबरका अनुसार उनको मोबाइलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारी रहेको प्रहरीले जनाएको छ। तर, प्रहरीले उनलाई उक्त लोकेसनमा फेला पार्न सकेन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×