आज देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ- देशका पहाडी भू-भागहरूमा आज (बुधबार) पनि आंशिकदेखि सामान्य बदली रहने र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै देशभर जारी पश्चिमी वायुको सामान्य प्रभाव हट्दै गएको महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका पश्चिमी भू-भागलगायत पहाडी भूभागमा बदली रहने महाशाखाको अनुमान छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। देशका हिमाली तथा उच्च पहाडी भेगका धेरै स्थानमा हिमपात पनि हुने महाशाखाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×