फिल्म ‘गुड लक जेरी’को ट्रेलर सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म ‘गुड लक जेरी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

डिज्नीप्लस हटस्टारको निर्माण रहेको यो फिल्म अ कलर याल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्यात्मक ब्यानरमा बनेको हो। फिल्मलाई सिद्धार्थ सेनले निर्देशन गरेका छन्। 

हास्य व्यंग्यात्मक कथामा आधारित फिल्ममा कपुरसँगै दिपक डोब्रियल, मिता बसिष्ट, निरज सुद र सुशान्त सिंह मुख्य भूमिकामा रहेका छन्। यो फिल्म २०१८ मा आएको तमिल फिल्म कोलामाभु कोकिलाको रिमेक हो। फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा रिलिज हुनेछ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×