ह्वात्तै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ - काठमाडौँ  उपत्यकामा आज बिहानैदेखि न्यूनतम तापक्रम निकै कम रहेको छ।

आज बिहानैबाट घाम लागे पनि बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। बिहान पौने ६ बजे काठमाडौँको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन बिहान बेलुकीको समयमा चिसो बढ्ने भनिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×