काठमाडौं - नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । प्रथम अधिवेशनबाट उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्विरोध निर्वाचित भइसकेका छन् । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए । सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजबंशी निर्वाचित भएका छन् ।