गैंडाको खाग खरिद–बिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका– ६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– १६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका– १५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका– ४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका– १ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×