विवादमा तानिएकी उपसभामुख रानाका विषयमा रास्वपाले थाल्यो छानबिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखमा निर्वाचित इन्दिरा राना मगर विवादमा तानिएपछि रास्वपाले छानबिन थालेको छ ।

यसैबीच रास्वपाका उपसभापति डीपी अर्यालले आज रानासँग सोधपुछ गरेका छन् ।

उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेख्दै केही व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन आग्रह गरेको पत्र सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना सुरु भएको छ ।

पत्रमा उनले आफूसहित केही व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् ।

नाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छिन् ।

संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको छ। यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट नपाएको र उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

उनले अमेरिकी दूतावासको कन्सुलर जनरललाई पठाएको पत्रमा सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा आयोजित एनजीओ ‘सिएसडब्यू–६७’ फोरमको कार्यक्रममा आफूसँगै ती युवाहरुलाई लैजाने ब्यहोरा उल्लेख गरेकी थिईन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×