रणदीप हुड्डाले आफ्नो आउँदो प्रोजेक्टको घोषणा गरे

भारत। बलिउड अभिनेता रणदीप हुड्डाले हालै आफ्नो आउँदो प्रोजेक्टको घोषणा गरेका छन्। रणदीप नेटफ्लिक्सको रिभेन्ज-ड्रामा वेब सिरिज 'क्याट'मा देखिने भएका छन्। यो सिरिजमा रणदीपले एक अन्डरकभर डिटेक्टिभको भूमिका निभाउनेछन्। उनले यो सिरिजबाट आफ्नो पहिलो झलक सार्वजनिक गर्दै लेखेका छन् "जब लुक्नका लागि केहि हुँदैन तब तपाई कहाँ जानुहुन्छ? म 'क्याट'को घोषणा गर्न अझ अधिक उत्साहित रहन सक्दिन, जहाँ ड्रग्स, छल र खत्रा एकसाथ अराजकतालाई सुल्झाउन आउछन्।" सिरिजको निर्देशन बलविंदर सिंहले गर्दैछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×