काठमाडौँ - नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीलाई काँग्रेसको प्रभाव बढ्दै गएको महसुस हुन थालेको बताएका छन्। पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थालेको बताएका हुन्।
नेपाली काँग्रेसले आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ भन्ने अभियान सञ्चालन गर्दैछ। सोही अभियानबारे जानकारी दिन काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेको थियो।