भारतमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली कामदारहरुको समस्यालाई सम्वोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको जानकारी उनले दिए । वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने समेत उनले जनाए । 

विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रबासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनु पर्ने उनले बताए ।

वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । आ.ब. २०५०/०५१ देखि २०७७/०७८ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका ५६ लाख ६४ हजार श्रमिकले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । 

ब्यबस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र सम्वृद्धि हासिल गर्ने मन्त्री श्रेष्ठले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×