पोखरा - नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाट्टा) गण्डकी प्रदेशको २७औँ साधारणसभा तथा १२औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा सङ्गीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरिएको छ। समितिका सदस्यहरूमा क्रमशः ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल, रत्नराज रेग्मी र तुलबहादुर गुरुङलाई चयन गरिएको छ। समितिको कार्यकाल दुई वर्षको हुनेछ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्यटन समृद्धिको महत्वपूर्ण आधार भएको बताए। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले संस्थाले पर्यटन प्रवद्र्धनसँगै विभिन्न सहरबीचको आपसी सम्बन्ध विस्तारलगायत काम गरेको बताए।