सोनाक्षी सिन्हाको प्रेमी हुन् जहीर इकबाल?

भारत। बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र कलाकार जहीर इकबालको समबन्ध अहिले चर्चामा छ। पहिलो पटक सोनाक्षीले जहीर इकबालको तस्विर शेयर गर्दै एक खास पोस्ट लेखेकी छिन्। जसका कारण मान्छेहरु उनीहरुको समबन्धको कुरा गर्न थालेका छन्। खासमा, जाहिर इकबालको १० डिसेम्बरमा जन्मदिन थियो,यो विशेष मौकालाई सोनाक्षी सिन्हाको उक्त खास पोस्टले अझ विशेष बनाइदियो। उनले जाहिरको तस्विरसँगै लेखेकी छिन् "दुनियाको सबै भन्दा धेरै दु:ख दिने मानिसलाई जन्मदिनको शुभकामना। तिमी दुनियाकै राम्रो माछे हौ। यो कसरि हुन सक्छ? तिमी यस्तो कसरि हुन सक्छौ? जन्म लिएकोमा धन्यवाद,जन्मदिनको सुभकामना।" यसका साथै उनले बेस्टबेस्ट फ्रेन्ड र वाट अ गाइको ह्यासट्याग पनि प्रयोग गरेकी छिन्। जसको प्रतिउत्तरमा जहीर लेख्छन "के आधिकारिक रूपमा तपाईलाई अब मेरो हीरोइन भन्न सक्छु?"

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×