एमाले मधेस प्रदेशको सचेतकमा थापा चयन

धनुषा - नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलको सचेतकमा शारदादेवी थापालाई चयन गरिएको छ । एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सचेतकमा थापालाई चयन गर्ने निर्णय गरेको हो । महोत्तरी क्षेत्र नं १ को (क)बाट निर्वाचित थापा प्रदेश सभासदस्य छन्।

विसं २०६१ बाट कम्युनिस्ट राजनीतिमा लागेकी थापाले २०६४ मा पार्टीको सङ्गठित सदस्यता लिएका थिए। थापा हाल एमालेको प्रदेश कमिटी सदस्यसमेत हुन् । थापालाई सचेतकमा चयन गरेको सम्बन्धमा प्रदेशसभा सचिवालयलाई पत्रद्वारा जानकारी गराइसकेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×