हत्या भएकाे २५ दिनपछि सिद्धु मुसेवालाको नयाँ गीत सार्वजनिक

काठमाडौँ - पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या भएको २५ दिनछि उनको नयाँ गीत सार्वजनिक भएको छ। मुसेवालाको आधिकारिक युट्युब च्यानलमार्फत ‘एसवाइएल’ बोलको उक्त गित सार्वजनिक भएको हो। गीतले आधा घण्टामा नै १० लाखभन्दा धेरै भ्युज् पाएको थियो

मुसेवालाको २९ मेमा गोली हानी हत्या गरिएको थियो। उनको हत्यापछि रेकर्ड भएका तर काम पूरा नभएका उनका गीतहरूलाई उनको टिमले परिवारलाई सुम्पिएको थियो। अन्नतः उनको मृत्युपछि नयाँ गीत पनि सार्वजनिक गरिएको हो।

मुसेवालाको यो गीत विवादित विषयमा आधारित छ। उक्त गीतमा मुसेवालाले एसवाइएल नहरको मुद्दा उठाएका छन्। उनले पञ्जाबसँग कसैलाई दिने पानी नभएको बताउँदै जेलमा भएका पञ्जाबका नागरिकहरुलाई रिहाई गर्नुपर्ने बताएका छन्।

मुसेवालाका अझैं केही गीतहरु सार्वजनिक हुन बाँकी नै छ। रेकर्ड गरिएर राखिएका उनका अन्य गीतहरुलाई ६ महिनाको अन्तर राखेर रिलिज गरिने उनको टिमले बताएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×