जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

काठमाडौँ । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन्। 

पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए। बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका – १ का कार्यवाहक वडाध्यक्ष नर रावतले बताए। बगैँचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने सयम समेत सुरु भएको छ। 

जुम्लाका आठवटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैँचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाले जनाएका छन्। पछिल्लो सयमयमा कर्णाली प्रदेश सरकारले स्याउ किसानलाई विशेष अनुदानसमेत दिने गरेको छ। धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले बताए। स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए।

बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्। खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालयका प्रमुख गषेशबहादुर अधिकारीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×