काठमाडौं - नेपाल टेलिकमले पहिलोपटक सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो। सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ। मन्त्रालयले स्वीकृति दिएपछि आगामी साधारणसभाले अनुमोदन गरेमा सेयर धनीहरुले घोषित लाभांश पाउनेछन्।