सार्वजनिक सुनुवाइबाट नागरिकका गुनासा, सल्लाह र सुझाव सङ्कलन

काठमाडौँ । जुम्लास्थित हिमा गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गरी नागरिकका गुनासो सुन्ने र सल्लाह सुझावका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सार्वजनिक सुनुवाइबाट नागरिकका गुनासा, सल्लाह र सुझाव सङ्कलन हुने गर्दछ। सो कार्यक्रम सुशासनको मुख्य आधार हो। पालिकाले हरेक वर्ष नियमित रूपमा आफ्ना वार्षिक गतिविधि नागरिकमाझ सार्वजनिक गर्ने, गुनासो सुन्ने, समीक्षा गर्दै आएको छ। सो गाउँपालिकाले आर्थिक वर्ष ०७७-७८ वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा भने विभिन्न आयोजनाका उपभोक्ता समितिसँग नागरिकले बढी गुनासो गरे। काम सम्पन्न नगर्ने, अधुरा योजना छाड्ने, योजनामा काम गर्ने मजदूरको ज्याला नदिनेलगायत गुनासा नागरिकले पालिकासमक्ष गरेका थियो। सुशासन र पारदर्शिता कायम गर्न हरेक वर्ष सार्वजनिक सुनुवाइ गरिरको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए। नियमित सार्वजनिक सुनुवाइ गर्नु आर्थिक पारदर्शिताको सबल पक्ष रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए।

नागरिकका कानुनी व्यवस्था, नागरिकका अधिकार र सुशासन एवं पारदर्शिताका पक्षलाई बेवास्ता गर्दै जिल्लाका अधिकांश पालिकाले नियमित सार्वजनिक सुनुवाइ गर्न सकेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×