नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरुले नबनाएको स्पष्टीकरण दिएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरे ।

‘यो परिर्वनन हामीले गरेको–गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदिएको रे ! चीन आयो रे ! चीन घुस्यो रे ! यस्तो खालको कुरा नगरे हुन्छ ।’

उनले अगाडि भने, ‘यत्रो मिहिनत गरेर बनाइएको छ । यति त जस त दिनुस् ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×