बेहोस भेटिएका न्युरो सर्जनको मृत्यु

काठमाडौँ। बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ। ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए। 

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ। डा लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ। “ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ”, एक प्रहरीले भने, “सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ।” उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए।

सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनमा एक हप्ता अघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ। साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्थे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×