प्रधानन्यायाधीशविनाका संवैधानिक इजलास संविधानले परिकल्पना गरेको छैन

काठमाडौँ - कायम मुकायम प्रधानन्यायाधीशले संवैधानिक इजलासको अध्यक्षता गरेकोमा प्रश्न उठेको छ। संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेका नियुक्ति बदरको माग गर्दै परेको रिटमाथि सुनुवाईका क्रममा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले हरि फुँयालको एकल इजलासको आदेश सम्झाउँदै प्रधानन्यायाधीशविनाका संवैधानिक इजलास संविधानले परिकल्पना नगरेको बताए।

बडालको जिकिर थियो वरिष्ठतम न्यायाधीशले इजलासको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन भन्ने सम्बन्धमा फैसला नभई अन्य मुद्द सुनुवाई हुनै सक्दैन। अदालतको आदेश संवैधानिक लगायत सबैले पालना गर्नुपर्ने हुँदा सो निर्णइ नभई अरु मुद्दाको सुनुवाई हुन सक्दैन।

बडालको जिकिर थियो( वरिष्ठतम न्यायाधीशले इजलासको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन भन्ने सम्बन्धमा फैसला नभई अन्य मुद्द सुनुवाई हुनै सक्दैन। अदालतको आदेश संवैधानिक लगायत सबैले पालना गर्नुपर्ने हुँदा सो निर्णइ नभई अरु मुद्दाको सुनुवाई हुन सक्दैन।

बडालले अदालतमा गोला प्रथा लागू भएपछि पनि कामु प्रधानन्यायाधीशले गोला नै नतानी आफैँ बेञ्च राखेर मुद्दा सुनुवाई गरेको भन्दै यी विषयमा टुंगो नलगाई अघि बढ्नु संवैधानिक हिसाबले उचित नहुने बताएका थिए।

इजलासमा बडालले हरि फुँयालको इजलासले भदौ १७ गते दिन गरेको आदेश संविधान धारा १२६ को उपधारा २ बमोजिम सबैले पालना गर्नुपर्ने भन्दै सो आदेश अनुसार वरिष्ठतम न्यायाधीश कार्कीले संवैधानिक इजलासको अध्यक्षता गर्न नमिल्ने जिकिर गरे।

उनले कारण देखाउ आदेश भएको र नभएको मुद्दाहरु एकसाथ सुनुवाई हुन नसक्ने समेत बताए। बडालले संयुक्त इजलासमा विचाराधीन मुद्दा सो इजलासले आदेश दिएकोमा बाहेक एकल इजलासमा कसरी चढ्यो र कसरी आदेश भयो भन्दै कार्कीमाथि प्रश्न उठाए।

बडालले नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई एमिकस क्युरीमा राखिएकोमा समेत आपत्ति जनाएका छन्। उनले बार काउन्सिलविरुद्ध मुद्दा रहेको अवस्थामा नेपाल बारको अध्यक्ष काउन्सिलको उपाध्यक्ष समेत रहेकाले लिखित जवाफ दिइसकेको काउन्सिलको उपाध्यक्षलाई एमिकस कृयूरीबाट हटाउन माग गरेका छन्। यसैबीच सो मुद्दामाथि सुनवाई हेर्दा हेर्दैमा राखिएको छ। रिटमाथि आगामी बुधबार सुनवाई हुनेछ। साभार: मोटिभेटन्युज

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×