काठमाडौँ - निर्देशक मुनाल घिमिरेको नामले परिचित मधुसूदन शर्मा वडाध्यक्षमा निर्वाचित भएका छन्। स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट घोराही उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा उनले १ हजार ५ सय २५ मत ल्याउँदै निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४ सय ३३, नेकपा एकीकृत समाजवादीका भिमबहादुर सार्कीले ३ सय ७७ मत मात्र प्राप्त गरेका थिए। घोराही उप-महानगरपालिका प्रमुखमा नेकपा एमालेकै नरुलाल चौधरी र उपप्रमुखमा पनि नेकपा एमालेकी हुमाकुमारी डिसी निर्वाचित भएकी छिन्।
सन् २००८ मा फिल्म ‘खबरदार’को निर्देशन र निर्माण गरेका मोहितले यसपछि सन् २०१० मा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माण गरेका थिए। उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘इच्छा’ हो।
यस्तै अभिनेता राज घिमिरे वडाध्यक्षमा र कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी भएका छन्।