काठमाडौँ - भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा कारोना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लोपटक गरिएको परीक्षणमा उनको कोरोना नतिजा नेगेटिभ आएको हो।
अब रोहितले भारतीय टिममा सामेल हुनेछन्। उनी ७ जुलाई देखि सुरु हुने ३ टि-२०को श्रृंखलामा भारतका लागि खेल्ने छन्। उनी कोरोना मुक्त भएसँगै भारतीय टोलीको कमाण्ड सम्हाल्ने भएका छन्।
रोहितले भारतले बर्मिंघममा इग्ंल्याण्डविरुद्ध हाल खेलिरहेको पाचौं तथा अन्तिम टेष्ट कोरोना संक्रमणका कारण गुमाएका थिए। उनको स्थानमा भारतको कप्तानी तिब्र गतिका बलर जसप्रित ब्रुमाहले गरिरहेका छन्। रोहित भारतीय कप्तानका साथसाथै ओपनिङ ब्याट्सम्यान पनि हुन् ।
उनको स्थानमा अहिले भारतको ओपनिङको जिम्मा चेतेश्वर पुजाराले सम्हालेका छन्। रोहित अहिले क्वारेन्टाइनबाट बाहिर निस्केका छन्। अब उनको कोरोना प्रोटोकल अन्र्तगत फोक्सोको जाँच हुने छ र रिपोर्ट राम्रो आएमा टिममा सामेल हुनेछन्।
भारतीय टिम इंग्ल्याण्डविरुद्धको पाचौं तथा अन्तिम टेष्टमा बलियो स्थितिमा छ। भारत अहिले इंग्ल्याण्डभन्दा २५७ रनले अगाडी छ।