भारत। बलिउड अभिनेता अर्जुन कपूरले आफ्नो आउँदो चलचित्र 'कुत्ते'को छायांकन सकेका छन्। यो कुराको जानकारी अर्जुनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
उनले एक भिडियो शेयर गर्दै क्याप्सनमा लेखेका छन् " आज मैले आफ्नो १७औँ चलचित्र पुरा गरेको छु। यो एक रोमाञ्चाक, समृद्ध र विनम्र रचनात्मक प्रक्रिया रह्यो, जसले मलाई यति धेरै पात्र बन्न र यति धेरै जीवन जिउने अधिकार दिएको छ। आसमान भारद्वाज तपाई र तपाईको सम्पूर्ण टिमसँग काम गर्न र तपाईको शानदार दिमागलाई नजिकलाई नजिकबाट हेर्न मजा आयो। मलाई विश्वास छ कि तपाईले यस्तो चलचित्र बनाउनु हुनेछ जुन सबलाई मनपर्नेछ। तपाईद्वारा बनाइएको दुनियालाई मान्छेहरुद्वारा हेरिन पर्खन सक्दिन। फिल्म र्याप, लुक परिवर्तन (आज चलचित्रका लागि आफ्नो जुँगा हटाएको छु)। तर, एक प्रोजेक्टको उर्जा तपाईभित्र गहिरो रूपमा रहन्छ। 'कुत्ते' सधैं खास रहनेछ। अब अर्को चलचित्रतिर। चलचित्रको निर्देशन आसमान भारद्वाजले गरेका हुन्।