चुनावी तालमेल गर्ने निर्णय केन्द्रीय समितिबाट हुन्छ : उपसभापति खड्का

काठमाडौँ - नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि चलाउने एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमाको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उपस्थित कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा रहेका सत्ता साझेदार दलसँग स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा हालसम्म कुनै ठोस निर्णय नभएको स्पष्ट पारे। 

उनले भने, “अहिले हामी निर्वाचन लक्षित चुनावी प्रचार अभियानमा छौँ, यस अभियानमा यसबारेमा कुनै छलफल हुँदैन, त्यसपछि पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समिति बसेर चुनावी तालमेलका सम्बन्धमा आवश्यक निष्कर्षमा पुग्छौँ। अहिले नै यसबारेमा बोल्दा परिपक्व हुँदैन।”

उपसभापति खड्काले पार्टीको विधानअनुसार गठन हुनुपर्ने समिति गठन गर्न प्रदेश, जिल्ला, स्थानीय र वडा तहलाई निर्देशन दिइसकेको पनि बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×