काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
आज बिहान ११ बजेका लागि डाकिएको बैठक अझै सुरू भएको छैन । आजको प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
साथै, आजको बैठकमा विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौतीको प्रस्ताव पेश हुने कार्यसूची छ ।