भारत। अयान मुखर्जीको निर्देशनमा बनिरहेको चलचित्र 'ब्रह्मास्त्र'को पहिलो भाग ९ सेप्टेम्बरबाट प्रदर्शनमा आउनेछ। भारतका ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन्। उनले चलचित्र हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुने पनि बताएका छन्। आज चलचित्रको मोसन पोस्टर समेत सार्वजनिक गरिनेछ। चलचित्रमा रणबीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रोय, डिंपल कपाडिया र शाहरुख खानलाई देख्न सकिनेछ। चलचित्र ३ भागमा बन्नेछ।
