लगातार दोस्रो जित निकाल्ने योजनामा भारत

काठमाडौँ - एसिया कप क्रिकेटमा आज बुधबार भारतले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ मा अन्तर्गत भारत र हङकङ बीचको नेपाली समय अनुसार साँझ ७ः ४५ बजेबाट हुनेछ।

भारत आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। आजको खेलमा जित निकाल्न सकेमा भारत सुपर चारमा पुग्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

यता प्रतियोगिताको पहिलो खेल खेल्न लागेको हङकङ पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा रहेको छ। हङकङले पहिलो पटक भारतसँग टी-२० अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। एकदिवसीय अन्तर्राष्‍ट्रियमा २ टोली २ पटक खेलेका छन्। दुबै खेलमा भारत विजयी भएको छ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ। समूह ‘ए’ मा भारतसहित पाकिस्तान र हङकङ छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। प्रतियोगितामा समूहको शीर्ष २ टोलीले सुपर ४ मा स्थान बनाउने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×