क्रिप्टो प्रचार गरेको भन्दै सञ्चारकर्मी किमलाई करिब १६ करोड जरिवाना

काठमाडौँ - अमेरिकाकी प्रसिद्ध सञ्चारकर्मी किम कार्दशियनलाई क्रिप्टो करेन्सी प्रचार गरेको भन्दै करिब १६ करोड रुपैयाँ जरिवाना गरिएको छ। उनले आफ्नो इन्स्टाग्राममा सन् २०२१ जुन १३ का दिन इथरियमम्याक्स क्रिप्टोको प्रचार गरेकी थिइन्। सोही कारण युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले उनलाई १५ करोड ६३ लाख रुपैयाँ जरिवाना तोकेको हो।

उनले क्रिप्टो प्रचारका लागि गोप्य रुपमा ३ करोड २६ लाख रुपैयाँ लिएको आरोप एसईसीको थियो। यस बाहेक उनलाई संघीय धितोपत्र कानुन समेत उल्लंघन गरेको आरोप लगाइएको थियो।

जरिवानासँगै कार्दशियनले ३ वर्षका लागि क्रिप्टो प्रचार गर्न नपाउने भएकी छिन्। फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १‍.८ बिलियन डलर रहेको छ। उनको यो जरिवाना १ विशिष्ट अमेरिकी परिवारको लागि धेरै कमको जरिवाना बराबर हो।​

क्रिप्टो प्रचारका कारण जरिवाना तिर्ने उनी पहिलो सेलिब्रेटी भने होइनन्। यस अघि विभिन्न क्रिप्टोको प्रचारका कारण बक्सर फ्लोयड मेवेदर जुनियर, अभिनेता स्टिभन सेगल र संगीत निर्माता डीजे खालिद जरिवानामा परिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×