आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ : पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएका छन्।

आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताउनुभयो । “भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ। अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, यहँ सुरु भएका योजना सम्पन्न भएमात्र हुन्छ”, उनले भने।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताए। “हामीले बजेट ल्याउँदा सारा उद्योग व्यवसायीले प्रशंसा गरे । संस्थागतरूपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ”, उनले भने।

उनले अर्थतन्त्रलाई अगाडि बढाउन सरकार, सहकारी र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै निजी क्षेत्र अनुकूलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×