भोलिबाट प्रदर्शनमा आउँदै 'आरआरआर'

काठमाडौँ – भारतीय कुशल फिल्म निर्देशक एस एस राजमौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ भोलि शुक्रबार मार्च २५देखि रिलिज हुने भएको छ।

केही दिनअघि भारतीय सञ्चारमाध्यमले फिल्ममा अभिनय गर्ने राम चरण, जुनियर एनटिआर, अजय देवगण र आलिया भट्टको पारिश्रमिकको विषयमा लेखेका छन्। फिल्ममा लिड रोलमा देखिएका अभिनेता राम चरणले ४५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। फिल्ममा रामचरणले आन्द्र प्रदेशको एक स्वतन्त्र अधिकारकर्मी र भारतीय स्वतन्त्रताका लागि सामेल भएका अल्लुरी सिताराम राजुको भूमिकामा अभिनय गरेका छन्। त्यस्तै, फिल्मका अर्का मुख्य कलाकार जुनियर एनटिआरले पनि ४५ करोड भारतीय रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन्। फिल्ममा भारतको तेलंगना राज्यका एक आदिवासी अधिकारकर्मीको रूपमा एनटिआरको भूमिका रहेको छ।

त्यस्तै, फिल्ममा सिताको रूपमा देखिएकी आलिया भट्टले ९ करोड भारतीय रुपैयाँ बराबरको पारिश्रमिक लिएकी छन्। त्यस्तै, अर्का अभिनेता अजय देवगणले फिल्ममा गरेको अभिनयका लागि २५ करोड भारतीय रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन्। फिल्ममा उनी क्यामियो भूमिकामा देखिएका छन्। त्यस्तै, निर्देशक एसएस राजमौलीले भने फिल्मले गरेको आम्दानीमार्फत् हुने नाफाको ३० प्रतिशत आफूले लिनेछन्। 

५ सय ५० करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको फिल्म भोलिबाट प्रदर्शन हुन लागेको हो। नेपालमा यो फिल्मलाई वितरक ‘ए ऐट फिल्मस्’ले ल्याएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×