'चित्त दुख्छ रे उनैको’ मा सिताराम र उषाको रोमान्स

काठमाडौं - 'चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा वरिष्ठ गायक  सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन् । संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटावको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।

भिडियो ’ओएस आर डिजिटल’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। ’आँखाको नानी हौ तिमी’ बोलको गीत गाएर चर्चामा आएका गायक पोखरेलले  २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×