काठमाडौँ। लोकप्रिय गायक हेमन्त शर्मा र गायिका अस्मिता अधिकारीको आवाज रहेको गीत 'एक जुनी होइन' सार्वजनिक भएको छ। गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ भने कृष्ण वि.कको संयोजन रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा आकाश श्रेष्ठ र रियाषा दाहालको अभिनय रहेको छ। गीतको भिडियो गायक हेमन्त शर्माको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: