काठमाडौँ - राष्ट्रियसभाको बैठक आज बस्दै छ। १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
सभामा डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन्।