कर्णाली प्रदेशकाे आर्थिक मामिला मन्त्रीमा बिष्ट नियुक्त


सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको २८ औं दिनमा थप एक जना मन्त्री थपिएका छन् । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री विष्टले आज नै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री शाहीले आज प्रदेशसभा बैठकमा दर्ता गराउनुभएको विश्वासको प्रस्तावमाथि भोलि प्रदेशसभामा मतविभाजन हुने कार्यसूची छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×