भारत। बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण आफ्नो आउँदो चलचित्र 'पठान'को प्रेमिल गीतको छायांकनका लागि मार्चमा स्पेन जाने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक सिद्धार्थ आनंद यो गीतमा आईल्याण्ड सिटीको प्रख्यात बीच र लाइमस्टोनको पहाडलाई कैद गर्न चाहन्छन्। त्यसैले उनले स्पेनको लोकेशन रोजेका हुन्। चलचित्रमा शाहरुख र दीपिकाका अलावा जोन अब्राहम पनि रहेका छन्।