राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएका थिए ।

लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×