१५ प्रतिशत लाभांश दिँदा पनि रोकिएन सर्वोत्तम सिमेन्टको शेयर मूल्य घट्न

सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिँदा पनि शेयर मूल्य भने घट्न रोकिएको छैन् । सर्वोत्तम सिमेन्टको १,०८३ पुगेको शेयर मूल्य निरन्तर ओरालो लागेर आज यो समाचार तयार पार्दासम्म ८६४ रुपैयाँमा आएको छ ।

छोटो समयमा नै सर्वोत्तम सिमेन्टको शेयर मूल्य २१९ रुपैयाँ भन्दा बढीले घटेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आज बिहीबार पनि बिक्रीमा चाप देखिएको छ ।

अघिल्लो सातासम्म सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको थियो । तर, यो साताको पहिलो दिन आइतबार नकारात्मक सर्किट लेभलमा कारोबार भएको कम्पनीको शेयर साताको अन्तिम दिन आज विहीबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×