कृषि मन्त्रालयको आधा बजेट मल किन्नमै सकियो

काठमाडाैं । कृषि  तथा  पशुपन्छी  विकास मन्त्रालयले   रासायनिक   मल   खरिदका   लागि   अर्थ मन्त्रालयसँग  मागेको  साढे  १३  अर्ब  रुपैयाँमध्ये  १२ अर्ब  ७५  करोड  रुपैयाँ  प्राप्त  गरेको  छ।  योसमेत  गरी रासायनिक मल खरिद गर्न दिएको रकम २७ अर्ब ७५ रुपैयाँ भएको छ । जब कि कृषि मन्त्रालयको बजेट ४५ अर्ब पाँच करोड रहेको छ।

सरकारले  आ.व.  २०७८÷७९  बजेटमा  नै रासायनिक  मल  खरिदका  लागि  १५ अर्ब  रुपैयाँको  व्यवस्था  गरेको  छ। त्यो रकमले चाहिने जति मल खरिद गर्न  नसकेपछि  कृषि  मन्त्रालयले अर्थ  मन्त्रालयसँग  १३  अर्ब  ४८ करोड  रुपैयाँ  माग  गरेको  थियो। पहिले   नै   एक   अर्ब   रुपैयाँ उपलब्ध   गराइसकेको   थियो भने ११ अर्ब ७५ करोड रुपैयाँ हालसालै   उपलब्ध   गराएको कृषि  मन्त्रालयका  प्रवक्ता  डा. कुमार सञ्जेलले बताए ।

कृषि   मन्त्रालयले   खरिद गरेको   दुई   लाख   ५०   हजार मेट्रिक  टनमध्ये  ३०  हजार  मेट्रिक टन  मलका  लागि  रकम  अपुग हुँदा  अर्थ  मन्त्रालयले  एक अर्ब  रुपैयाँ  दिएको  थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×