काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज बुधवार लिभरपुल र भिल्लारियल खेल्दैछन्। पहिलो लेगको खेल आज राति पौने २ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।
इङ्लिस क्लब लिभरपुल बेन्फिकालाई हराउँदै र स्पेनिस क्लब भिल्लारियल जर्मनीको बार्यन म्युनिखलाई हराएर अन्तिम चारमा पुगेको हो। लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। भने भिल्लारियलले अहिलेसम्म उपाधि जितेको छैन।
गए राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्ट सिटीले रियल मड्रिडलाई ४-३ गोलले हराएको छ।