सुष्मिता र आरिषलाई टेबल टेनिस उपाधि

काठमाडौँ - त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन्।

आइतबार भएको महिलातर्फको फाइनलमा सुष्मिताले भक्तपुरकी दिप देउला ७-११, ८-११, ११-७, ११-६, ११-१२ ले हराउँदै उपाधि जितेकी थिइन्। गड स्पिन एकेडेमी श्रृया बज्राचार्य र प्रतिका कुँवर संयुक्त रुपमा तृतिय भएका छन्।

पुरुष फाइनलमा आरिषले गड स्पिन टेबल टेनिस क्लबका मनीष खरेललाई ४-११, ८-११, ११-६, ११-५, ११-८ ले हराउँदै उपाधि जितेका हुन्। एपिएमका आशिष मेहता र कीतिपुर संयुक्तका जयराम महर्जन संयुक्त रुपमा तेस्रो भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×