जिल्ला कारागार निरीक्षण

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार दार्चुलाको निरीक्षण गरेकी छन्। प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने उद्देश्यअन्तर्गत जिल्ला कारागारको अवस्थाका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताइन्। अहिले प्रदेशभरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा पनि अनुगमन गर्नुपरेको उनले बताइन्। 

उनले कारागारभित्रका कैदीबन्दीका आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले दार्चुलालाई रु चार लाख बजेट विनियोजन गरेको जानकारी दिए। कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकून् र व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो।

यस्तै, चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि आठ लाख बजेट विनियोजन गरिएको छ। जिल्ला कारागारका जेलर वीरेन्द्र सिंह धामीले जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेको बताए। अहिले २५ पुरुष र १५ महिलाको क्षमता रहेको कारागारमा ६९ जना कैदीबन्दी रहेका छन्। कारागारमा अहिले दुई महिला र ६७ पुरुष रहेका छन्। एकजना नाबालकसमेत छन्। 

विसं २०२२ सालमा निर्माण गरिएको कारागार २०४१ सालमा मात्रै मर्मत भएकाले भित्रका ब्लकहरु जीर्ण अवस्थामा रहेका छन् भने पानी पर्दा चुहिने अवस्था रहेको जेलर धामीले बताए।

जिल्ला भ्रमणमा रहनुभएका मन्त्री जोशीले जिल्लास्थित कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ भने जिल्ला कारागार, दार्चुला भन्सार कार्यालय, सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेका छन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×