करेन्ट लागेर ४५ वर्षीय जिवन बुढाथोकीको मृत्यु

धनुषा - बटेश्वर गाउँपालिका–२ सितापुर खोरिया बस्ने ४५ वर्षीय जिवन बुढाथोकीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । 

घर नजिकै रहेको ईनारमा हालेको पानी तान्ने मोटर बाहिर निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×