सम्पत्तिका लागि छोराले गरे कलाकार वीणा कपूरको हत्या

काठमाडौँ - भारतीय कलाकार वीणा कपूरको हत्या भएको छ। केही समयअगाडि सामाजिक सञ्जालमा मुम्बईस्थित जुहुमा एक महिलाको विभत्स हत्या गरी फालिएको शरीर भेटिएको खबर बाहिरिएको थियो। हालै उक्त मृत शरीर अभिनेत्री वीणाको रहेको खुलासा भएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार ७४ वर्षीय वीणाको हत्या आरोपमा उनका छोरा सचिन कपूरलाई गिरफ्तार गरिएको छ। उनले आफ्नी आमालाई सम्पत्तिका लागि मारेको आरोप लागेको छ।

मुम्बई प्रहरीका अनुसार उनले आफ्नो अपराध स्वीकार गरेका छन्। उनले आमाको टाउकोमा बेसबल ब्याटले पटक-पटक हिर्काएर मारेपछि नदीमा फालिदिएका थिए। मुम्बई पुलिसले सचिनसँगै उनका घरका कामदार लालुकुमार मण्डल (छाेटु) लाई पनि पक्राउ गरेको छ। सचिनले प्रहरीलाई दिएको बयानअनुसार १२ करोड भारु बराबरको सम्पत्तिका निहुँमा विवाद भएपछि उनले आफ्नो आमाको हत्या गरेका थिए।

वीणा कपूरको २ छोरा छन्। जसमा १ छोरा अमेरिकामा बस्छन्। वीणा कपूरले ‘मित्ते प्यारे नु हाल मुरीदन दा कहना, दलः द ग्याङ र बन्धन फेरों के’ जस्ता फिल्ममा अभिनय गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×