काठमाडौँ- अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्नका लागि नक्कली आक्रमणको योजना बनाइरहेको आरोप लगाएको छ। अमेरिकी अधिकारीहरुले रुस अहिले युद्धको आरोप युक्रेनको सेनालाई लगाउन नक्कली आक्रमणको योजना बनाइरहेको अरोप लगाएका हुन्।
बीबीसीका अनुसार रुसले अहिले रुस समर्थित विपक्षी तथा रुसमाथि आक्रमण भएको देखाउने किसिमको दृश्य देखाउने तयारी गरिरहेको छ। त्यसको सहारामा उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीहरुको आरोप छ।
रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालन गरेको छ।
रुसले भने नक्कली आक्रमणको कुनै पनि योजना नरहेको स्पष्टीकरण दिएको छ। उसले युक्रेनमाथि आक्रमणको पनि कुनै योजना नरहेको र रुसले आफ्नो नियमित सैन्य अभ्यासको लागि आफ्नै भूमिमा सेना परिचालन गरेको बताएको छ।