इंग्लिस प्रिमियर लिगः वेस्टह्यामले बर्नमाउथलाई २-० गोलले हरायो

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई हराएको छ। घरेलु मैदान लण्डनमा राति भएको खेलमा वेस्टह्यामले बर्नमाउथलाई २-० गोलले हराएको हो।

वेस्टह्यामले खेलको पहिलो र दोस्रो हाफमा एक/एक गोल गरेको थियो। खेलको ४५ औँ मिनेटमा कर्ट जुमाको गोलबाट अग्रता लिएको वेस्टह्यामका लागि खेलको अतिरिक्त समय ९२ औँ मिनेटमा सेड बेनरह्माले पेनाल्टीमा गोल गरेका थिए।

जितसँगै वेस्टह्यामको १२ खेलमा १४ अंक जोडेको छ। वेस्टह्याम अंक तालिकाको १० औँ स्थानमा उक्लिएको छ। पराजित बर्नमाउथ समान खेलमा १३ अंकका साथ १४ औँ स्थानमा रहेको छ। प्रिमियर लिगमा आर्सनल ११ खेलमा २८ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×